मलेसियाको कडाई: स्थानीय हटाएर विदेशी श्रमिक राखे चर्को जरिवाना र कोटा कटौती

मलेसियाले विदेशी श्रमिक राख्न स्वदेशी श्रमिकलाई हटाउने रोजगारदातालाई कडा कारवाही गर्ने भएको छ । मलेसियाका मानव संशाधन मन्त्री शिवकुमारले त्यस्ता रोजगारदातालाई ठूलो आर्थिक जरिवाना र विदेशी श्रमिक ल्याउन पाउने कोटा कटौती गर्ने चेतावनी दिएका हुन् ।
बुधवार एक विज्ञप्ती जारी गर्दै मानव संशाधन मन्त्री शिवकुमारले त्यसरी स्वदेश श्रमिकलाई हटाउने श्रम कानुन विपरित रहेको भन्दै त्यस्तो गरेको पाइएमा रोजगारदातालाई प्रति घटना ५० हजार रिंगिटसम्म जरिवाना र कोटा कटौती गर्न सकिने व्यवस्था रहेको स्मरण गराएका छन् ।

उनले मानव संशाधन मन्त्रालयमा यस्ता प्रसस्त उजुरीहरु परेको भन्दै विदेशी श्रमिक ल्याउन खुकुलो व्यवस्था गरेपछि यस्ता घटनामा वृद्धि भएको बताएका हुन् । कोभिड १९ को महामारीपछि झण्डै तीन वर्ष विदेशी श्रमिक भित्रियाउन रोकेको मलेसियाले श्रमिकको चर्को अभाव भएपछि सन् २०२२ को मध्यदेखि विदेशी श्रमिक भित्रियाउन सहज व्यवस्था गरेको छ । यसैगरी मलेसियामा नै अवैधानिक रुपमा बसेर काम गरिरहेका विदेशी श्रमिकलाई पनि आफूलाई वैधानिक बनाएर काम गर्ने अवशर दिएको छ ।

मानव संशाधन मन्त्री शिवकुमारले हालै मन्त्रालयले पेनाङ क्षेत्रमा त्यस्तो उजुरीहरु प्राप्त गरेको भन्दै त्यसो गर्ने रोजगारदाताहरु कानुनको दायरामा आउने र कारवाही गरिने चेतावनी दिएका हुन् । उनले विदेशी श्रमिक भित्रियाउने अनुमति पाएका कतिपय कम्पनीहरुले धमाधम स्वदेशी श्रमिकलाई कामबाट हटाएको पाइएको बताएका हुन् । पछिल्लो एक घटनामा एक कम्पनीले १ सय २ जना स्थानीय श्रमिकलाई रोजगारीबाट हटाएको पाइएको बताएका छन् । तर विदेशी श्रमिक ल्याउन पाउनुको अर्थ स्थानीय श्रमिक हटाउने र उनीहरुलाई प्रतिस्थापन गर्ने व्यवस्था नभएको भन्दै यसमा उनले सचेत गराएका हुन् । उनले स्थानीय नागरिकलाई नै रोजगारीमा प्राथमिकता दिन पनि आग्रह गरेका छन् ।

तर मलेसियाका श्रमिक स्वदेशमा न्यून आय हुने काममा संलग्न हुन नचाहने गरेको र उनीहरु रोजगारीका लागि सिंगापुर लगायतका मुलुकमा जाने गरेका छन् । स्थानीय नागरिकलाई स्वदेशको रोजगारीमा आकर्षित गर्न मलेसिया सरकारले केहि वर्ष अगाडी देखि नै प्रयास गर्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: