पूर्व श्रम राज्यमन्त्री गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचारी ठहरिएका छन् । उनलाई सर्वोच्च अदालतले काठमाडौं फन पार्कको जग्गा सस्तोमा भाडामा दिएको अभियोगमा विशेष अदालतले भ्रष्टार गरेको ठहर गरेको हो । उनी नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभामा विजयी भएका थिए । प्रतिनिधिसभामा निर्वाचन जितेपनि भ्रष्टाचार मुद्धा चलिरहेका कारण उनी निलम्वनमा परेका थिए ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्धय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलको इजलाशले उनलाई दोषि ठहर्याएको हो । सो घटनामा गुरुङ सहित ९ जना दोषि ठहरिएका छन् ।

बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याणमन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो ।

गुरुङ माथि श्रम राज्यमन्त्री रहेको समयमा वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकलाई स्वास्थ्य परिक्षणका नाममा थप आर्थिक बोझ पार्नेगरी नितिगत भ्रष्टाचार गरेको गुनासो छ । रोजगारीमा जाने नेपालीलाई चर्को आर्थिक भार पार्नेगरी उनले माइग्राम, भिएलएन, वान स्टप सेण्टर लगायतका संरचना खोल्ने प्रवन्ध गरेको आरोप छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: