मौसमी कामदारमा पठाउँछु भन्नेहरुको भ्रममा नपर्न आग्रह

दक्षिण कोरिया लगायतका मुलुकमा मौसमी कामदारमा पठाइदिने भन्दै कसैले भनेमा त्यस्तो भ्रममा नपर्न र ठगिबाट बच्न वैदेशिक रोजगार विभागले सूचित गरेको छ । त्यसरी कामदार पठाउने अनुमतिका लागि हालसम्म वैदेशिक रोजगार विभाग र सम्वन्धित मुलुकमा रहेको नेपाली नियोगमा कसैले पनि कागजात पेश नगरेको विभागको भनाई छ ।

मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ अनुसार मौसमी कामदारका रुपमा कसैलाई पठाउने भएमा विभाग र सम्वन्धित मुलुकमा रहेको नेपाली दूतावासले स्वीकृति दिनु पर्दछ । यसरी पठाइने श्रमिकले कुनै शुल्क तिर्नु नपर्ने कानुनी व्यवस्था छ ।

विभागले एक विज्ञप्ती प्रकाशित गर्दै कतिपय व्यक्तिले सामाजिक सञ्जाल मार्फत भ्रामक सुचना फैलाई रकम उठाउने गरेको भन्ने जानकारी प्राप्त भएको जनाएको हो । दक्षिण कोरिया लगायतका कुनै पनि मुलुकमा मौसमी कामदारमा पठाइदिने भन्दै कुनै व्यक्तिले भनेमा त्यस्तो भ्रममा नपर्न, रकम नबुझाउन विभागले अनुरोध गरेको छ । यसैगरी त्यसरी भ्रम फैलाउनेहरुका बारेमा विभाग वा श्रम मन्त्रालयको कल सेण्टमा फोन गरी जानकारी गराइदिन पनि विभागले अनुरोध गरेको छ ।

आफूलाई मौसमी कामदारको रुपमा काम गर्न दक्षिण कोरिया पठाइदिने भन्दै ठगि गरिएको भन्दै कतिपय व्यक्तिले विभागमा उजुरी दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: