ज्यान जोखिममा पारेर नआउन दूतावासको अपिल

युद्धग्रस्त मुलुक युक्रेन नआउन जर्मनीस्थित नेपाली दूतावासले अनुरोध गरेको छ । गैरकानूनी रुपमा युक्रेन प्रवेश गर्ने कुनै पनि नेपालीलाई त्यहाँबाट युक्रेनसँग सिमाना जोडिएका कुनै पनि मुलुकमा जान सम्वन्धित मुलुकको युक्रेनस्थित दूतावास वा सिमानामा रहेको अध्यागमन कार्यालयहरुले प्रवेशाज्ञा (भिसा) नदिने दूतावासले स्पष्ट पारेको छ ।

दूतावासद्धारा जारी विज्ञप्तीमा भनिएको छ, युक्रेनमा हाल अन्तराष्ट्रिय उडान समेत स्थगित भएको सन्दर्भमा दूतावासबाट यात्रा अनुमति जारी भई त्यहाँ(युक्रेन)बाट वहिर्गमन हुनसक्ने अवस्था समेत नभएकोले कुनै पनि नेपाली कसैको प्रलोभनमा परेर वा स्वेच्छाले कुनै पनि माध्यमबाट युक्रेन नपस्न अनुरोध छ ।

रुस र युक्रेनवीच जारी द्धन्दका वीच कतिपय नेपाली यूरोपका मुलुकहरुमा सहजै प्रवेश गर्न पाइने प्रलोभनमा परेर युक्रेन गइरहेका छन् । यस अगाडी युक्रेनमा रुसी आक्रमण सुरु भएपछि ठूलो संख्यामा नेपाली लगायतका आप्रवासीहरु युक्रेन छोडेर छिमेकी अन्य मुलुकतर्फ भागेका थिए । सुरुमा युक्रेनसँग सिमाना जोडिएका मुलुकहरुले मानविय सहयोगका रुपमा ति व्यक्तिहरुलाई आफ्नो मुलुकमा प्रवेश दिएपनि हाल त्यसमा रोक लगाएका छन् । युक्रेनसँग सिमाना जोडिएका मुलुकहरुले नेपाल लगायतका मुलुकबाट आएका व्यक्तिहरुलाई आफ्नो मुलुकमा प्रवेश गर्न गत जनवरीको तेश्रो सातादेखि नै रोकेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: