दुई मुलुकमा बाइक राईडर र ट्याक्सी ड्राईभरमा नेपाली श्रमिक नपठाइने

वैदेशिक रोजगार विभागले बाइक राईडर र ट्याक्सी ड्राईभर पदमा युएई र कतार जाने श्रमिकहरु समस्यामा परेको भन्दै ति पदहरुमा मागपत्र प्रमाणिकरण नगर्न दूतावासहरुलाई जानकारी गराएको छ । बाइक राइडर र ट्याक्सी ड्राईभर पदको पूर्वस्वीकृति प्रदान नगर्ने भनी विभागले सोमवार निर्णय गरेको भन्दै कतार र युएईस्थित नेपाली दूतावासहरुलाई विभागले जानकारी गराएको हो ।

विभागका अनुसार ति मुलुकहरुमा सो पदमा काम गर्न जाने अधिकांश श्रमिकहरू समस्यामा परेको, स्वीकृत मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको, सहज रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहिन भई बस्नुपरेको गुनासो परेको छ । यसैगरी अधिकांश श्रमिकहरू धेरै पटक ट्राफिक कारवाहीमा परी ठूलो रकम जरिवाना बुझाउनु परेको र सम्बन्धित मुलुकको ट्राफिक नियम तथा सडक अनुशासन सम्बन्धि ज्ञान र अनुभवको कमिले गर्दा दुर्घटना समेत हुने गरेको लगायतका समस्याहरू सहित दिनहुँजसो विभागमा उजुरी तथा गुनासोहरू आइरहेको जनाइएको छ ।

यसले गर्दा ति मुलुकहरूमा बाइक राईडर र ट्याक्सी ड्राईभर पदमा श्रमिक पठाउन सुरक्षित नदेखिएकोले अर्को निर्णय नभएसम्मको लागि विभागले सो पदमा नेपाली श्रमिक नपठाउने निर्णय गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: