साउदीमा सचेत रहन आग्रह

साउदी अरवमा पछिल्लो केहि समययता बैंक खाता विवरण, ईकामा नम्वर, अब्सेर अकाउन्टको पासवर्ड, पिन नम्वर जस्ता गोप्य जानकारी लिएर रकम चोरी गर्ने ठगि गर्ने गरेको पाइएको भन्दै यसमा सचेत रहन साउदीस्थित नेपाली दूतावासले सूचित गरेको छ । दूतावासले एक विज्ञप्ती जारी गर्दै केहि समयदेखि साउदी अरवमा कार्यरतहरुको मोवाइल नम्वरमा फोन गरी वा ह्वाट्सएपमा पनि आउने गरेको पाइएको जनाएको हो ।

यसरी फोन गर्ने वा ह्वाट्सएपमा म्यासेज पठाउनेहरुले आफू साउदी अरवको गृह मन्त्रालयबाट फोन गरेको भन्दै वैंक खाता लगायतको गोप्य जानकारी नदिएमा कारवाही गरिने भन्दै तर्साउने गरेका छन् । तर साउदी अरवको गृह मन्त्रालय वा अन्य कुनै पनि निकायले कसैको पनि बैंक तथा व्यक्तिगत डाटा अपडेट गर्न वा विवरण नमाग्ने दूतावासले स्पष्ट पारेको छ । त्यसैले कसैले बैंक खाताको विवरण, ईकामा नम्वर, अब्सेर अकाउण्टको पासवर्ड, पिन नम्वर जस्ता गोप्य कुरा कसैले मागेमा नदिन पनि अनुरोध गरिएको छ । यसरी गरिने फोन वा म्यासेज अवैधानिक काम गर्नेहरुले गर्ने भन्दै सजग रहन र सम्भावित ठगिबाट बच्न पनि दूतावासले अनुरोध गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: