देशमा काम गरेर केहि हुँदैन भन्ने धारणामा परिवर्तन ल्याउन जरुरी: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा काम गरेर केहि हुँदैन भन्ने धारणामा पूर्ण रुपमा परिवर्तन ल्याउन जरुरी रहेको बताएकी छन् । उनले परम्परागत श्रमका क्षेत्रले मात्र श्रम बजारमा आउने नयाँ जनशक्तिलाई आकर्षित नगर्ने भन्दै त्यसका लागि शैक्षिक प्रणालीमा सुधार र सीप विकासमा काम गर्न जरुरी रहेको धारणा राखिन् ।

संघिय संसदको संयुक्त बैठकलाई सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई स्वदेशमा नै रोजगारी उपलव्ध गराउन सार्वजनिक र निजि क्षेत्रबीच सहकार्यको खाँचो पनि औल्याइन् । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न र श्रमको उचित प्रतिफल प्राप्त हुने वातावरण बनाउन पनि आवश्यक रहेको उनको भनाई थियो ।

उद्योग क्षेत्रको रोजगारीलाई प्राथमिकतामा राख्नु पर्ने भन्दै राष्ट्रपति भण्डारीले स्वदेशी उत्पादनको अभिवृद्धिका लागि निजि क्षेत्रले गरेको काममा प्रोत्साहन गर्नु जरुरी रहेको पनि बताइन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: