श्रम सम्झौता गरेर नेपाली श्रमिक लिन साउदी अरवलाई नेपालको आग्रह

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले साउदी अरवको विकासमा नेपाली श्रमिकको उल्लेख्य योगदान रहेको भन्दै आगामी दिनमा श्रम सम्झौता गरेर दक्ष जनशक्ति उपलव्ध गराउन सरकार तयार रहेको वताएकी छन् ।

नेपालका लागि साउदी अरवका राजदूत साद अबु हैमेदसँगको भेटमा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला साउदी अरवमा रहेका ४ लाखभन्दा बढी नेपालीलाई सुरक्षित राखेकामा सरकारको तर्फबाट साउदी अरव सरकारलाई धन्यवाद पनि दिइन् ।
विहिवार परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा साउदी राजदूत हैमेदले साउदी अरवको प्रगतिमा नेपाली श्रमिकको ठूलो योगदान रहेको भन्दै आफ्नो देशमा विकास निर्माणका काम तीव्रगतिमा अगाडी बढेकाले श्रम सम्झौता गरेर थप नेपाली श्रमिकहरु लैजाने प्रतिवद्धता जनाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: