पहिलो ६ महिनामा २४ प्रतिशत बढ्यो रेमिट्यान्स

विदेशबाट आउने रकम (विप्रेषण) २४ प्रतिशतले वृद्दि भएको छ । चालु आर्थिक वर्षको साउन देखि पुषसम्ममा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) बढेको हो ।

नेपाल राष्ट बैंकले सोमवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तियस्थिति अनुसार पहिलो ६ महिनामा नेपालमा ५ खर्व ८५ अर्व ८ करोड रकम विप्रेषण मार्फत भित्रिएको छ । गत वर्षको सोही अवधिमा विप्रेषण ५ प्रतिशतले घटेको थियो । राष्ट बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव ९ प्रतिशतले वृद्धि भई ४ अर्व ५० करोड पुगेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा अमेरिकी डलरमा भित्रिने विप्रेषण पनि ५ दशमलव ७ प्रतिशतले घटेको थियो ।

यस अवधिका वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्यामा ६४ दशमलव ६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६ सय ४३ पुगेको छ । यसैगरी वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या ९ दशमलव ५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५ सय ४८ पुगेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा सो संख्या २९८ दशमलव १ प्रतिशतले बढेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: