कतारमा कार्यरत नेपालीलाई पर्यो युएईमा ८२ करोडको चिठ्ठा

कतारमा कार्यरत एक नेपालीले युएईको एक चिठ्ठा कार्यक्रममा नेपाली रकम ८२ करोड (२ करोड ३० लाख दिराम) को पुरस्कार जितेका छन् । उनको नाम रञ्जित कुमार पाल भनिएको छ । युएईको अनलाइन खालिज टाइम्सले लेखे अनुसार फेब्रुअरी ३ तारिखका दिन खोलिएको विग टिकट लक्की ड्रमा कतारमा कार्यरत ति नेपालीले सो पुरस्कार जितेका हुन् ।

प्रत्यक्ष प्रसारण गरिएको सो चिठ्ठा उनलाई परेपछि ति नेपालीलाई फोनगरी सम्पर्क गर्न खोजिए पनि उनले फोन नउठाएको समाचारमा जनाइएको छ । पाल विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत रहेको र उनले २३२९३६ नम्बरको सो टिकट गत जनवरी १६ मा खरिद गरेको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: