सेवा शुल्क खारेजीको विरोधमा अनिश्चितकालिन हड्ताल गर्ने होटल श्रमिकहरुको घोषणा

होटल लगायतका क्षेत्रमा लागु हुदै आएको १० प्रतिशत सेवा शुल्क खारेजीको फैसला पश्चात त्यसको विरोधमा पर्यटन होटल सम्बद्ध केन्द्रिय संयूक्त टे«ड यूनियन संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ । चरणवद्ध आन्दोलन सहित आगामी फागुन ७ गते देखि अनिश्चितकालिन हड्ताल सहितका कार्यक्रम केन्द्रिय संयूक्त ट्रेड यूनियन संघर्ष समितिले तय गरेको हो ।

आन्दोलनका चरणवद्ध कार्यक्रमहरु अन्तर्गत माघ १९ देखि २६ गतेसम्म प्रतिष्ठानको मुल गेटमा कालो ब्यानर राख्ने, सबै श्रमिकहरुले कालो पट्टि, फेटा बाँधेर काम गर्ने, दैनिक रुपमा प्ले कार्ड सहित धर्ना तथा कोणसभा आयोजना गर्ने रहेका छन् । यसैगरी प्रतिष्ठानस्तरीय संयूक्त संघर्ष समिति गठन गर्ने, आन्दोलनको जानकारी पत्र र ज्ञापनपत्र व्यवस्थापकलाई दिने, सबै प्रदेशमा संघर्ष समिति गठन गर्ने रहेका छन् ।
दोश्रो चरण अन्तगर्त माघ २७ गतेबाट सबै प्रतिष्ठानहरुको बुकिङ्ग बन्द गराउने, एरियागत रुपमा काठमाडौं, नगरकोट, धुलिखेल, सबै प्रदेशहरु र पर्यटकिय शहरहरुमा पनि विरोध कार्यक्रम गर्ने रहेको छ ।

फागुन २ गते प्रतिष्ठानहरुबाट र्‍यालि सहित खुल्ला सभा गर्ने र फागुन ७ गतेबाट पर्यटन क्षेत्र अनिश्चतकालिन हड्ताल गर्ने केन्द्रिय संयूक्त ट्रेड यूनियन संघर्ष समितिले निर्णय गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: