मलेसियाको प्राथमिकतामा नेपाली श्रमिक

श्रमिकको चर्को अभाव खेपिरहेको मलेसियाले तत्काल ठूलो संख्यामा भित्रियाउने विदेशीमा नेपाली श्रमिक प्राथमिकतामा रहेको जनाएको छ । श्रम मन्त्री डोलप्रसाद अर्यालसँगको भेटवार्तामा मलेसियाका गृहमन्त्री सैफुद्धिन नासुसन इसमाइलले यस्तो बताएका हुन् ।

भेटवार्तामा सहभागि नेपाली प्रतिनिधिका अनुसार मलेसियालीपक्षले तत्काल पाँच लाख विदेशी श्रमिक लिने जानकारी गराउँदै त्यसमा नेपाल प्राथमिकतामा रहेको जानकारी दिएको हो । मलेसियामा नेपाली श्रमिकको पहिचान राम्रो रहेको भन्दै नेपाल सदैव आफ्नो प्राथमिकतामा रहेको मलेसियाली पक्षको भनाई थियो ।

भेटमा मलेसियाले नेपालबाट घरेलु श्रमिक लैजान पनि चासो देखाएको छ । मलेसियामा हालसम्म ठूलो संख्यामा ईण्डोनेशियाली घरेलु श्रमिकले काम गर्दै आएका छन् । तर विदेशी घरेलु श्रमिकमाथि दुव्र्यवहार भएका केहि घटना सार्वजनिक भएपछि ईण्डोनेशिया मलेसियामा घरेलु कामका लागि श्रमिक पठाउन अनिच्छुक देखिएको छ । मलेसियाका प्रधानमन्त्री अनवर ईव्राहिमले केहि दिन अगाडी ईण्डोनेशियाको भ्रमण गरी मलेसियामा कुनै पनि विदेशी श्रमिकमाथि दुव्र्यवहार भए वा कानुन विपरितको कार्य भएको पाइएमा कडा कारवाही हुने बताएर ईण्डोनेशियालाई आश्वस्त पार्न खोजेका थिए ।

भेटवार्तामा नेपाली पक्षले सवै नेपाली श्रमिकलाई मलेसियामा सामाजिक सुरक्षा कार्यक्रम (सोस्को)मा आवद्ध गर्न आग्रह गरेको थियो । यसैगरी घरेलु श्रमिकका विषयमा थप छलफल गर्न समेत नेपालले सहमति जनाएको छ ।

शुन्य लागतमा श्रमिक लिनेगरी मलेसियाले नेपालसँग श्रम समझदारी गरेपनि हालसम्म त्यसको कार्यान्वयन भएको छैन । अहिले पनि लाखौं खर्च गरेर नेपाली श्रमिक मलेसिया जान वाध्य छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: