स्वदेश फर्केर उद्यम गरिरहेकाहरुलाई पुरस्कारका लागि आवेदन आव्हान

सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई पुरस्कार प्रदान गर्न आवेदन आव्हान गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वदेश फर्केर उद्यममा संलग्नहरु मध्येबाट छनौट गरी हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

मन्त्रालयले एक सुचना प्रकाशित गर्दै ईच्छुक र योग्यता पुगेका व्यक्तिलाई आवेदन दिन आव्हान गरेको छ । आवेदन दिन चाहने व्यक्ति श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा एक वर्ष काम गरि फर्केको, स्वदेश फर्केर व्यवसाय सुरु गरेको कम्तीमा एक वर्ष पुरा भएको तथा विगत पाँच वर्ष भित्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट कुनै पनि पुरस्कार प्राप्त नगरेको हुनु पर्नेछ ।

ईच्छुक व्यक्तिले माघ १९ गतेसम्ममा आवेदन दिन सक्नेछन् । आवेदन रोजगार सुचना केन्द्रमा दर्ता गराउन वा आफ्नो आवेदन स्क्यान गरी मन्त्रालयको इमेल info@moless.gov.np मा इमेल गर्न सक्नेछन् । आवेदन फाराम र सो सम्बन्धी कार्यविधि श्रम मन्त्रालयको वेबसाइट www.moless.gov.np बाट डाउनलोड गर्न सकिन्छ । थप जानकारी आवश्यक परेमा www.moless.gov.np मा हेर्न वा फोन नं. ०१–४२००४७६ / मो. नं.: ९८४०६१०६३० मा सम्पर्क गर्न सकिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय