नयाँ श्रममन्त्रीमा डीपि अर्यालको सम्भावना

प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले आज मन्त्रीमण्डल विस्तार गर्दैछन् । नयाँ मन्त्रीमण्डलमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिम्मेवारीमा परेको छ । नयाँ मन्त्रीमा कसलाई पठाउने भनेर निर्णय गर्ने जिम्मेवारी सो पार्टीले पार्टी सभापति रवि लामिछानेलाई दिएको छ ।

श्रम मन्त्रालयको जिम्मेवारी पाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीबाट को बन्नेछन् त श्रममन्त्री ? देशपरदेशसँग रास्वपाका एक पदाधिकारीले भने, विज्ञताको आधारमा डोलप्रसाद(डीपी) अर्याल सवैभन्दा बढी सम्भावना भएको व्यक्ति हो । तर पार्टी सभापति लामिछानेले अहिलेसम्म आफूहरुलाई मन्त्रीमा पठाउने व्यक्तिको बारेमा जानकारी गराइनसकेका कारण यकिन भनें भन्न नसक्ने उनको भनाई थियो ।

“डीपीजी जापानमा बसेर काम गरेको अनुभवी व्यक्ति भएको र व्यवस्थापनका विषयमा जानकार भएका कारण उहाँ नै सवैभन्दा बढी सम्भावना भएको व्यक्ति हो” उनले भने, “तर हाम्रो पार्टीमा अरु पनि विज्ञ साथिहरु भएका कारण पार्टी सभापतिले जानकारी नगराएसम्म यसै हो भन्न सकिन्न ।”
अर्याल जापानमा बसेर रेमिट्यान्स कम्पनी चलाएका व्यक्ति हुन् । उनी ईजि लिंक रेमिट्यान्समा आवद्ध थिए । उनी रास्वपाका उपाध्यक्ष समेत हुन् । धादिङका अर्याल समानुपातिक तर्फबाट सांसद भएका हुन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय