रेमिट्यान्स बढ्यो

विदेशबाट नेपालीले पठाउने रकम २३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको आर्थिक तथा वित्तियस्थिति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो पाँच महिनामा ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशत बढी हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भएको छ । सो अनुसार रेमिट्यान्स ३ अर्ब ७१ करोड डलर रहेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा यस्तो रकम ६.८ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार पहिलो पाँच महिनामा खुद ट्रान्सफर २१.६ प्रतिशतले बढेर ५ खर्ब ३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: