मलेसियाले नेपालीलाई श्रमिकका लागि तीन दिनभित्रमा इजाजत दिने

मलेसियाले नेपाली सहित १५ मुलुकका नागरिकलाई रोजगारीका लागि तीन दिन भित्रमा ईजाजत दिने भएको छ । मलेसियाका गृहमन्त्री सईफद्धिन इस्मालीले नेपाली लगायतका श्रमिकका लागि रोजगारदाताले इजाजत अनुमति माग गरेको तीन दिनभित्रमा अनुमति दिइने स्पष्ट पारेका हुन् ।

मलेसियाको अनलाइन द स्टारका अनुसार मलेसियामा विदेशी श्रमिकको चर्को अभाव भइरहेको अवस्थामा मन्त्रिपरिषदले नै विदेशी श्रमिक लिने प्रकृयालाई छिटोछरितो बनाउने निर्णय गरिसकेको छ ।

गृहमन्त्री इस्मालीले श्रमिक आवश्यक पर्ने रोजगारदाताहरुले कोटाको आधारमा नेपाल लगायतका १५ मुलुकबाट छिटो रुपमा श्रमिक लिन सक्ने मंगलवार एक पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराएको समाचारमा जनाइएको छ ।

यसरी तीन दिनभित्रै इजाजत दिइने मुलुकहरुमा नेपालसँगै भारत, थाइल्याण्ड, कम्वोडिया, म्यानमार, लाओ, भियतनाम, फिलिपिन्स, पाकिस्तान, श्रीलंका, वंगलादेश, तुर्कमेनिस्तान, उज्वेकिस्तान तथा कजाकिस्तान रहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: