मलेसियाले विदेशी श्रमिक लिने प्रकृयालाई सहज बनाउने

मलेसियामा विदेशी श्रमिक लिने प्रकृयालाई सजिलो बनाउने प्रकृया सुरु भएको छ । प्रविधिमा आधारित हुने सो प्रकृयाले विदेशी श्रमिक लिने प्रकृयालाई सजिलो बनाउने र त्यसले विचौलियाहरुमा भर पर्नु नपर्ने भएका कारण लागत कम हुने अपेक्षा गरिएको छ ।

मलेसियाको अनलाइन द स्टारका अनुसार विदेशी श्रमिक लिने प्रकृयालाई प्रविधिमा आधारित बनाउन मलेसियाका प्रधानमन्त्री अनवर ईव्राहिमले गृह मन्त्रालय र मानव संशाधन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

ईण्डोनेशियाको भ्रमणमा रहेका मलेसियाली प्रधानमन्त्री ईव्राहिमले प्रविधिमा आधारित प्रकृया विकल्पका रुपमा हुँदा हुँदै व्यक्ति स्वयं कार्यालयहरुमा धाउनु पर्ने पद्धति आवश्यक नरहेको बताएका थिए । ईण्डोनेशियाले घरेलु श्रमिक पठाउन रुचि नदेखिएपछि मलेसियामा हाल घरेलु श्रमिकको अभाव बढ्दै गएको छ । घरेलु श्रमिक आकर्षित गर्न मलेसियाले उनीहरुलाई मासिक १५ सय रिंगिट तलव दिने व्यवस्था गरेको छ । मलेसियामा एकजना घरेलु श्रमिक लिन १० हजार देखि २० हजार रिंगिट खर्च हुने गरेको समाचारमा जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: