मलेसियामा नेपाली श्रमिक कुट्ने रोजगारदाता पक्राउ, २० जना नेपाली स्वदेश फर्किदै

मलेसियामा नेपाली श्रमिकलाई कुटपीट गर्ने होङ्गे इन्टरप्राइजेजका सम्वन्धित व्यक्ति पक्राउ परेका छन् । नेपाली श्रमिकलाई कुटपीट गरेपछि श्रमिकका तर्फबाट प्रहरीमा उजुरी गरिएको र हाल ति पीडकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको क्वालालम्पुर स्थित नेपाली दूतावासले जनाएको छ ।

सो कम्पनीमा काम गर्न गत सेप्टेम्वरमा पुगेका २८ जना नेपाली र कम्पनीका व्यक्तिबीच भनाभन र कुटपिट भएको थियो । सो घटनापश्चात कम्पनीले ति नेपालीलाई त्यहाँबाट अन्यत्रै राखेको थियो । सोही विषयमा गत जनवरी ४ मा दूतावासमा भएको छलफल पश्चात स्वदेश फर्किन चाहने नेपालीलाई तत्काल नेपाल फर्काउन र काम जारी राख्न चाहनेलाई काममा फर्काउने सहमति भएको थियो । सो अनुरुप ९ जना नेपाली काममा फर्केको, ७ जना ११ जनवरीमा नेपाल फर्किने र बाँकीले स्वदेश फर्किने वा काममा पुनः जाने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको दूतावासले जनाएको छ ।

यसैबीच मलेसियाको प्लान्टेशन क्षेत्रमा काम गर्ने गरी पिआरएस फरेस्ट म्यानेजमेण्ट कम्पनीमा काम गर्न गएका १३ जना नेपाली अलपत्र परेकोमा उनीहरुलाई नेपाल फर्काउन कम्पनी सहमत भएको छ । उनीहरु मध्ये ६ जना मंगलवार (जनवरी १०, २०२३) का दिन नेपाल फर्किदै छन् भनें बाँकी व्यक्ति जनवरी १३ मा नेपाल फर्किने क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरु नेपाल नफर्किंदासम्म खानबस्ने व्यवस्था गरिएको पनि दूतावासले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: