दोव्वर बढ्यो एक्जिट भिसा र इकामा नविकरणको शुल्क

साउदी अरवले विदेशी श्रमिकको एक्जिट भिसा, रिइन्ट्री भिसा तथा इकामा नविकरणको शुल्क दोव्वरले बढाएको छ । साउदी अरवको सरकारले यस सम्वन्धि कानुनलाई पारित गरेको साउदी अरवको स्थानीय पत्रिका ओकिजले लेखेको छ ।

साउदी अरवले अव एकपटक मात्र प्रवेश गर्न दिइने भिसाका लागि दुई महिनाको शुल्क २ सय रियाल बनाएको छ । त्यसवाहेक प्रति महिना १ सय रियाल मासिक अतिरिक्त शुल्क लिने भएको छ । दुई महिना पछि साउदी बस्ने विदेशी नागरिकले प्रति महिना दुई सय रियाल शुल्क बुझाउनु पर्नेछ ।

यसैगरी इकामा नविकरणका सम्वन्धमा पनि नयाँ व्यवस्था पारित भएको छ । साउदी अरवमा हाल झण्डै ३५ लाख विदेशी श्रमिक कार्यरत छन् । यो कुनै पनि देशमा आप्रवासी श्रमिक काम गर्ने विश्वकै ठूलो संख्या हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: