राम्रो आवास सुविधा नदिने रोजगारदाताले पाएनन थप विदेशी श्रमिक ल्याउने अनुमति

मलेसियामा विदेशी श्रमिकलाई राम्रो आवास सुविधा नदिने रोजगारदाताको नयाँ श्रमिक ल्याउने मागपत्र स्वीकृति नभएको त्यहाँका मानव संशाधन मन्त्रीले बताएका छन् । उनले उचित आवासस्थल नदिने र कालोसूचिमा परेका रोजगारदाताहरुले विदेशी श्रमिक ल्याउने गरी दिएको आवेदन स्वीकृति नभएको बताएका हुन् ।

मलेसियाको सरकारी सञ्चार माध्यम बर्नमाका अनुसार गत वर्ष विदेशी श्रमिक ल्याउन प्राप्त १६ लाख आवेदन मध्ये ४३ प्रतिशत आवेदन स्वीकृती मानव संशाधन मन्त्रालयले दिएको थियो । सन् २०२२ मा ६ लाख ७६ हजार विदेशी श्रमिक ल्याउन स्वीकृति दिइएको मन्त्रालयलाई उधृत गर्दै बर्नमाले जनाएको छ ।

मानव संशाधन मन्त्री भी शिवकुमारका अनुसार विदेशी श्रमिकलाई उचित आवास सुविधा नदिने रोजगारदाताहरुले थप श्रमिक ल्याउन पाउने छैनन् । हामीलाई अरुले निगरानी गरिरहेका छन्, मन्त्री शिवकुमारले भनेका छन्, त्यसैले हामी यसमा सजग रहनै पर्दछ । मुलुकको प्रतिष्ठा समेत जोडिएको विषय भएका कारण यसमा ध्यान दिन पनि उनले आग्रह गरेका छन् ।

मानव संशाधन मन्त्रालयका अनुसार मलेसियामा हाल १४ लाख विदेशी श्रमिक वैधानिक रुपमा कार्यरत छन् । सन् २०२३ को पहिलो चार महिना भित्रमा मलेसियामा विदेशी श्रमिकको संख्या १९ लाख पुग्ने अनुमान गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: