वैदेशिक रोजगारको पूर्व स्वीकृति दिने लगायतको अधिकार विराटनगर र जनकपुरको कार्यालयलाई

वैदेशिक रोजगारमा जाने श्रमिक पठाउन पूर्व स्वीकृति दिने लगायतका जिम्मेवारी श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरले पाएका छन् । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १५ बमोजिम सो जिम्मेवारी ति दुई कार्यालयले पाएका हुन् ।

विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा १६ बमोजिम विज्ञापन गरे नगरेको सम्बन्धमा नियमित अनुगमन गरी सत्य तथ्य बुझ्ने दायित्व पनि ति दुई कार्यालयलाई दिइएको छ । विभागका निर्देशक कृष्ण प्रसाद भुसालका अनुसार श्रम स्वीकृतिको निस्सा (स्टिकर) को लागि निवेदन लिने र श्रम स्वीकृतिको निस्सा (स्टिकर) दिने कार्यको जिम्मेवारी पनि ति कार्यालयहरुलाई दिइएको छ ।

यसैगरी बमोजिम वैदेशिक रोजगारको लागि व्यक्तिगत रुपमा विदेश जान चाहनेहरुबाट निवेदन लिने र विभागको प्राप्त निर्णय वा अधिकार प्रत्यायोजन भए अनुसार स्वीकृति दिने काम पनि ति कार्यालयहरुले दिनेछन् । विभागका अनुसार इजाजतपत्रवाला (मेनपावर कम्पनी) का शाखा कार्यालयहरुको अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी पनि ति कार्यालयहरुले प्राप्त गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: