मलेसियामा १० लाख विदेशी श्रमिक अभाव

मलेसियामा १० लाख विदेशी श्रमिकको अभाव भएको त्यहाँको रोजगारदाताहरुको संगठनले जानकारी दिएको छ । रोजगारदातहरुको संगठन एशोसिएसन अफ ईम्प्लोयमेण्ट एजेन्सीज (पापा) का अनुसार कोभिड १९ को महामारी पश्चात विदेशी श्रमिक स्वदेश फर्किने र नयाँ आउन ढिलाई हुँदा विभिन्न क्षेत्रमा श्रमिकको अभाव छ ।

पापाका अध्यक्ष फु योङ हुईले कतिपय क्षेत्रमा विदेशी श्रमिकको चर्को अभाव भएको बताएको स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् । उनका अनुसार निर्माण, कृषि, सेवा लगायतका क्षेत्रमा श्रमिकको ठूलो अभाव छ । यसले मलेसियाको समग्र आर्थिक वृद्दिमा नाकारात्मक प्रभाव पार्ने रोजगारदातहरुले बताउँदै आएका छन् । मलेसियामा कोभिडको महामारी सुरु हुनु अगाडी २२ लाख विदेशी श्रमिक वैधानिक रुपमा कार्यरत थिए भनें कोभिडका कारण सन् २०२० मा मुभमेण्ट कन्ट्रोल अर्डर (एमसीओ) लागु भएपछि त्यो घटेर ९ लाखमा आइपुगेको थियो । यसरी विदेशी श्रमिक घटेपछि निर्माण क्षेत्रमा ३ लाख, कृषि क्षेत्रका २ लाख ५० हजार तथा उद्योग क्षेत्रमा झण्डै २ लाख श्रमिक अहिले अभाव छ ।

सेवा क्षेत्रमा पनि एक लाखको हाराहारी कमी रहेको हुँदा तत्कालै मलेसियामा कम्तिमा ८ लाख देखि १० लाखसम्म विदेशी श्रमिकको खाँचो रहेको हुईले बताएको समाचारमा जनाइएको छ । मलेसियाका गृहमन्त्रीले गत डिसेम्वर ९ मा मलेसियामा सो मितिमा १४ लाख विदेशी श्रमिक कार्यरत रहेको जानकारी दिएका थिए । त्यसमध्ये सवैभन्दा धेरै उद्योग क्षेत्रमा ५ लाख १० हजार, निर्माण क्षेत्रमा ३ लाख ८ हजार, सेवा क्षेत्रमा २ लाख ८ हजार तथा कृषि क्षेत्रमा १ लाख १० हजार विदेशी श्रमिक कार्यरत रहेको गृहमन्त्रालयको तथ्याङ्क छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: