विदेशबाट मोवाइल ल्याउन गरिएको कडाई तत्काल लागु नहुने

प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउनु परे भन्सार तिर्नुपर्ने निर्णय गरेको थियो । सो निर्णय आज शुक्रवार देखि लागु हुँदै थियो ।

प्रधानमन्त्रीको निर्देशनसँगै शुक्रवार देखि लागु गर्न खोजिएको प्रज्ञापन पत्र जारी गर्ने तयारी रोकिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेका अनुसार आजदेखि सुरु गर्न लागिएको प्रज्ञापनपत्र जारी गर्ने कार्य रोक्न हिजो बेलुका नै निर्देशन आएको थियो । सरकारले एकभन्दा बढी मोवाइल ल्याए १८ प्रतिशत कर लिने गरी आज देखि कडाइ गर्ने तयारी थियो ।

विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोनको अवैध आयात र बिक्रीवितरण रोक्ने उद्देश्यले प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस प्रणाली) लागू गर्न लागेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: