विदेशी श्रमिकको अभावले रेष्टुराँहरु बन्द हुने अवस्थामा

मलेसियामा विदेशी श्रमिकको अभाव चर्किएपछि त्यहाँका कतिपय रेष्टुराँहरु बन्द हुने अवस्थामा पुगेका छन् । सरकारले तत्काल उल्लेख्य मात्रामा विदेशी श्रमिक नभित्रियाएमा त्यस्ता थुप्रै रेष्टुराँहरु बन्द हुने अवस्थामा पुगेको क्वालालम्पुर इडियन चेम्वर अफ ईण्डष्ट्रीले जनाएको छ ।

सो संस्थाका अध्यक्ष निवास राघवनले कोभिड १९ को समयमा विदेशी श्रमिक भित्रियाउन लगाइएको बन्देजको असर अहिले देखिएको बताएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । कोभिड १९ को समय र त्यसपश्चात थुप्रै विदेशी श्रमिक स्वदेश फर्किएको तर नयाँ आउन नदिइएका कारण अहिले श्रमिकको अभाव भएको राघवनको तर्क छ । उनले श्रमिकको अभावकै कारण कम्तिमा ३० प्रतिशत रेष्टुराँहरु बन्द भएको बताएका छन् ।

विदेशी श्रमिकको अभावका कारण रेष्टुराँहरु बन्द हुन थालिसक्दा पनि सरकार भनें मुकदर्शक भएको सो संस्थाले जनाएको छ । श्रमिकको अभावका कारण अवैधानिक रुपमा मलेसियामा बसेर काम गर्दै गरेका विदेशी श्रमिकलाई काममा लगाउने बाध्यता रोजगारदाताहरुलाई आइपरेको राघवनको तर्क छ । त्यसो नगर्दा रेष्टुराँ बन्द गर्नुको विकल्प नभएको उनले बताए । क्वालालम्पुर ईन्डियन चेम्वर अफ ईण्डष्ट्रीमा ३० हजार रेष्टुराँ सदस्य छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: