श्रमिकलाई घाटा र साना रोजगारदातालाई फाइदा हुने निर्णय गर्यो मलेसिया सरकारले

५ जनाभन्दा कम श्रमिक काममा लगाउने रोजगारदाताले आफ्ना श्रमिकलाई सन् २०२३ को जुलाई देखि मात्र वृद्दि भएको न्यूनतम ज्याला दिए हुने निर्णय त्यहाँको सरकारले गरेको छ । यस अगाडी आगामी जनवरी १ देखि लागु हुने गरी अनिवार्य रुपमा मासिक १ हजार ५ सय रिंगिट तलव दिनुपर्ने निर्णय मलेसिया सरकारले गरेको थियो ।

मलेसियाका मानव संशाधन मन्त्री भी शिवकुमारले आगामी वर्ष आइपर्ने आर्थिक चुनौतिलाई मध्यनजर गर्दै तथा विभिन्न सरोकारवाला निकायसँगको छलफल पश्चात लिइएको जनाएको स्थानीय सञ्चार माध्यम मलेमेलले समाचार लेखेको छ ।

मलेसियामा ५ जना भन्दा बढी श्रमिकलाई रोजगारीमा लगाउने रोजगारदाताहरुका लागि गत मे १ देखि नै लागु हुने मासिक १ हजार ५ सय रिंगिट तलव दिनुपर्ने व्यवस्था लागु भइसकेको छ । तर ५ जना भन्दा कम श्रमिकलाई काममा लगाउने रोजगारदाताहरुका लागि जनवरी, १, २०२३ सम्मको म्याद दिइएको थियो । तर सरकारको निर्णयसँग अव ति रोजगारदाताहरुले आगामी जुलाई १ सम्मको समय पाएका छन । यसले हजारौं मलेसियन रोजगारदाता लाभान्वित हुने तर लाखौं विदेशी श्रमिक प्रभावित हुनेछन् ।

यस अगाडी देखि नै मासिक न्यूनतम तलव १ हजार ५ सय रिंगिट उपलव्ध गराउन थालेका रोजगारदातहरुका लागि भनें यो सुविधा नदिइएको मानव सशाधन मन्त्रालयले स्पष्ट पारेको छ । रोजगारदाताहरुको संगठन हावी हुने गरेको मलेसियामा श्रमिक विरोधि यस्तो निर्णय भएको हो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: