५ महिना २८ दिन श्रम मन्त्रालय सम्हालेर विदा भए मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर झण्डै ६ महिने कार्यकाल सकेर मन्त्रालयबाट विदा भएका छन् । पुष्पकमल दाहाल, प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन हुने पूर्वसन्ध्यामा मन्त्री कुँवर श्रम मन्त्रालयबाट विदा भए । सो अवसरमा उनले आफूले ५ महिना २८ दिन मन्त्री रहँदा गरेका महत्वपूर्ण काम समेत सार्वजनिक गरे ।

मन्त्री कुँवरले विदाईका अवसरमा आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सकेसम्म ईमान्दार भएर काम गर्ने प्रयास गरेको बताए । जिम्मेवारीमा रहेका हरेक व्यक्तिले आफूले पाएको जिम्मेवारीमा ईमान्दार हुन आवश्यक रहेको भन्दै कुँवरले आफूलाई मन्त्रीको जिम्मेवारीमा रहँदा सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा श्रम सचिव एकनारायण अर्यालले मन्त्री कुँवरसँग काम गर्न अत्यन्त सहज भएको र कर्मचारीहरुले कहिल्यै पनि मन्त्री कुँवरबाट दवाव खेप्नु नपरेको बताए । उनले मन्त्रीको जिम्मेवारीमा रहँदा कहिल्यै पनि गलत व्यक्तिको प्रभावमा नपरेको भन्दै उनले आगामी दिनमा साँसदका रुपमा पनि श्रम र रोजगारका विषयमा निति बनाउन महत्वपूर्ण योगदान दिने अपेक्षा प्रकट गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: