मान्छे बेच्न पाईदैन: खतिवडा

वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक कानुनहरु भएपनि त्यसको व्यवहारिक कार्यान्वयन कमजोर हुँदा विदेश जाने नेपाली ठगिमा परिरहेको राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष कृष्ण कुमारी खतिवडाले बताएकी छन् । उनले महिला श्रमिक अझ बढी मारमा परेको बताइन् ।

अन्तराष्ट्रिय आप्रवासी श्रमिक दिवस, २०२२ को अवसरमा आमकास नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै खतिवडाले भारतसँगको खुल्ला सिमानाका कारण पनि नेपाली महिलालाई भारतको बाटो हुँदै विदेश लैजान तस्करहरुलाई सहज भएको धारणा राखिन् । उनले मान्छे बेच्ने क्रम अहिले पनि जारी रहेको र त्यसलाई राज्यले कडाईपूर्वक नियन्त्रण गर्नुपर्ने भन्दै स्थानीय सरकार अव बढी जिम्मेवार हुनुपर्ने धारणा राखिन् ।

सो अवसरमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्धारिका उप्रेतीले वैदेशिक रोजगारमा पठाउने प्रकृयामा कानुनी रुपमा एजेण्ट हटाइएको भएपनि व्यवहारमा उनीहरु नै हावी रहेको धारणा राखे । उनले सवै जिम्मेवार निकायले आआफ्नो दायित्व पूरा गर्न सकेमा मात्र वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउन सकिने बताए ।

कार्यक्रममा आमकास नेपालकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठले आफ्नो संस्थाले सञ्चालन गरिरहेको सुरक्षित आवास गृहमा वैदेशिक रोजगारबाट फर्किने क्रममा सेवा लिएका महिलाहरुको तथ्याङ्क प्रस्तुत गर्दै उनीहरु कसरी ज्यालाबाट ठगिएका छन् भन्ने उदाहरण प्रस्तुत गरिन् ।

कार्यक्रममा वैदेशिक रोजगारबाट फर्केका चारजना महिला श्रमिकले आफ्नो वैदेशिक रोजगारको भोगाई, अनुभव प्रस्तुत गरेका थिए । उनीहरुले आफूले तलव नपाएको, दुव्र्यवहार गरिएको र स्वदेश फर्किन समेत रोक्ने प्रयास गरिएको भन्दै न्यायका लागि सहयोग गरिदिन अपिल गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: