‘हिजो सीताले दिएको अन्निपरीक्षा अहिले वैदेशिक रोजगारमा गएका महिलाले दिनुपर्छ’

वैदेशिक रोजगारमा गएका कतिपय महिलाले रोजगारी पश्चात स्वदेश फर्किदा समाज र परिवारले फरक व्यवहार गर्ने गरेको यस क्षेत्रमा कार्यरतहरुले बताएका छन् । अझ सरकारले घरेलु श्रमिकका रुपमा काम गर्न जान लगाएको बन्देजले उनीहरुलाई थप जोखिममा पारेको बताए ।

पौरखी नेपालले आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष कृष्ण कुमारी खतिवडाले हिजो सीताले दिएको जस्तो अग्नि परीक्षा अहिले वैदेशिक रोजगारबाट फर्किने महिलाहरुले दिनु परिरहेको बताइन् । उनले त्यहि वैदेशिक रोजगारमा गएका पुरुष जति सवै ठिक तर महिला विग्रिए भन्ने दृष्टिकोण राखिने गरिएको भन्दै यसमा वदलाव आउनु पर्नेमा जोड दिइन् ।

उनले वैदेशिक रोजगारबाट फर्केका कतिपय महिलाका सन्तान नागरिकताबाट वञ्चित रहेको भन्दै त्यसका लागि महिला आयोगले पहल गर्ने प्रतिवद्दता जनाइन् । उनले विदेशमा मृत्यु हुँदा बाकसमा वन्द गरेर लाश ल्याउन पनि दलाललाई कमिसन खुवाउनु पर्ने अवस्था रहेको भन्दै यो अत्यन्त लाजमर्दो अवस्था भएको टिप्पणी गरिन् ।

कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्धारिका उप्रेतीले सरकारी निकाय एक्लैले प्रयास गरेर वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन नसकिने भन्दै यसमा सवैको सहकार्यको खाँचो औल्याए । उनले बोर्डको तर्फबाट पनि छलफलहरु आयोजना गर्ने र समस्याको समाधानका लागि साझा धारणा बनाइने बताए ।

कार्यक्रममा वैदेशिक रोजगारबाट फर्केका चारजना महिला श्रमिकले आफ्नो अनुभव सुनाएका थिए । उनीहरुले वैदेशिक रोजगारका नाममा आफूलाई झुक्याइएको, भनिए अनुसारको काम तथा तलव नपाएको, बालबच्चाको जन्मदर्ता समेत गर्न नपाउँदा शिक्षादिक्षाबाट वञ्चित हुने अवस्था आएको लगायतका समस्या प्रस्तुत गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: