कतारमा घाइते भएका श्रमिक र ज्यान गुमाएकाहरुका परिवारलाई क्षतिपूर्ति देउ: एम्नेष्टि नेपाल

एम्नेष्टि ईन्टरनेशनल नेपाल (एम्नेष्टि नेपाल) का सदस्यहरुले कतारमा विश्वकप फुटवल प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माणका क्रममा घाइते भएका, आफ्नो बचत गुमाएका र ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

एम्नेस्टी नेपालको गत पुष २ गते नवलपरासी (पूर्व) गैँडाकोटमा आयोजित ३१औँ साधारण सभाका सहभागिहरुले साधारण सभा पश्चात प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् । झण्डै चारसय व्यक्ति सहभागि सो प्रदर्शनका सहभागिहरुले त्यसरी बचत गुमाएका, गम्भीर रुपमा घाइते भएकाहरु वा मृत्यु भएका श्रमिकका परिवारलाई क्षसतपूर्त उपलव्ध गराउन एक क्षतिपूर्ति कोष स्थापना गर्न आग्रह गरेको प्लोकार्ड र व्यानर बोकेका थिए ।

त्यसअगाडी एम्नेस्टी नेपालको साधारण सभा सम्पन्न भएको थियो । सो साधारण सभामा एम्नेस्टी नेपालका भोटिङ डेलिगेट्स, नेसनल बोर्ड तथा अपिल समितिका सदस्य, कर्मचारी, पूर्वअध्यक्ष, पर्यवेक्षक र अन्य विशिष्ट अतिथिहरू सहित करिव ३ सय जना सहभागी भएको एम्नेष्टिले जनाएको छ ।

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीलाई सम्मान गरेको थियो । उहाँ एम्नेस्टी नेपालका तत्कालीन सदस्य स्वर्गीय मुक्तिनाथ अधिकारीका जेठा छोरा हुन् । मुक्तिनाथ अधिकारीलाई तत्कालिन माओवादीले २०५८ माघ ३ गते निर्मम रूपमा हत्या गरेको थियो । अधिकारीलले आफू जस्तै मानवअधिकार उल्लङ्घनमा परेका नेपालका दशौँ हजार पीडितको सत्य, न्याय र परिपूरणको अधिकारको लागि अथक र अनवरत प्रयास गरेको भन्दै एम्नेस्टी नेपाल ह्युमन राइटस् डिफेन्डर्स अवार्ड, २०२२ बाट सम्मान गरिएको थियो । सम्मानका साथै एम्नेस्टी नेपालले उहाँलाई रू. २१ हजारको नगद राशी प्रदान गरेको छ ।

साधारण सभाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पाण्डेले नेपालको संविधानमा व्यवस्था भएबमोजिम जनताको अधिकारको संरक्षण र प्रवद्र्द्नका लागि उक्त संवैधानिक प्रावधानहरूलाई व्यवहारमा रूपान्तरणका लागि नयाँ कानुनी संयन्त्र तर्जुमा गर्नेलगायतका काममा सक्रियतापूर्वक संलग्न हुने प्रतिबद्धता जनाए ।

उद्घाटन कार्यक्रममा बोल्दै एम्नेस्टी नेपालका पूर्वअध्यक्षहरूले न्यायपालिकाले सजाय सुनाएका अपराधीलाई उन्मुक्ति दिन र गम्भीर आपराधिक मुद्दामा फसेका अन्यलाई जोगाउने उद्देश्यले फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न काम चलाउ सरकारले विवादास्पद अध्यादेश ल्याउनुको नियतमाथि प्रश्न उठाएका थिए ।

एम्नेस्टी नेपालका अध्यक्ष बिपिन बुढाथोकीले मानवअधिकारका उद्देश्य प्राप्तिका लागि उक्त उद्देश्य सार्थक हुने एउटा बलियो रणनीतिक ढाँचा तय गरी एम्नेस्टी नेपालको मानवअधिकार आन्दोलनलाई अझ सबल र सशक्त बनाउने लक्ष्यको बारेमा चर्चा गरे । सो अवसरमा एम्नेष्टि नेपालको सहयोगमा निर्माण गरिएको वृत्तचित्र डेथ्स अनएक्स्प्लेन्ड प्रदर्शन गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: