वृत्तचित्र डेथ्स अनएक्स्प्लेण्ड: किन खोजिंदैन प्रवासी नेपाली श्रमिकको मृत्युको कारण ?

काठमाडौंमा जारी १० औं मानव अधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सवमा वृत्तचित्र डेथ्स अनएक्सप्लेन्ड प्रदर्शन भएको छ । एम्नेष्टि नेपालसँगको सहकार्यमा ड्रिम मल्टिमिडियाले तयार पारेको १८ मिनेट लामो सो वृत्तचित्रले रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली श्रमिकको मृत्युको खास कारण पहिचान नगरी प्राकृतिक मृत्यु लेखिदिंदा परेको समस्यालाई उजागर गरेको छ ।

वृत्तचित्रले मृत्युको वास्तविक सत्य जानकारी नगराई त्यसलाई सामान्यिकरण गरिएको र त्यसले गर्दा शोकाकुल परिवारहरु आफ्ना प्रियजनहरुको मृत्यु के कारण भयो भन्ने जान्न पाउने अधिकारबाट वञ्चित भएको र उनीहरु आर्थिक क्षतिपूर्ति प्राप्त गर्नबाट समेत वञ्चित भएको प्रष्ट्याइएको छ । वृत्तचित्र सुनिल न्यौपानेले निर्देशन गरेका हुन् ।

सो वृत्तचित्रमा अनुसन्धान निलाम्वर बडाल, सिनेम्याटोग्राफी सौगात मिश्र, आवाज रीतु थेवेको रहेको छ भनें संगीत गोपाल देव र धर्म गन्धर्वको रहेको छ ।

यसैबीच सो वृत्तचित्र एम्नेष्टि इन्टरनेसनल नेपाल (एम्नेस्टी नेपाल) को ३१ औं साधारणसभामा पनि प्रदर्शन गरिएको छ । एम्नेष्टि नेपालको साधारण सभाका क्रममा बन्दसत्र पश्चात सो वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: