जिफन्टको प्रश्न: विदेशमा नेपालीले कमाएको पैसा कहाँ हरायो ?

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले नेपाली श्रमिकले विदेशमा कमाएको रकम अस्वभाविक रुपमा कम नेपाल आएको भन्दै त्यसमा सरकार माथि आशंका प्रकट गरेको छ । वैदेशिक रोजगारमा जानेहरुको संख्यामा ३ सय ७७ प्रतिशत वृद्दि हुनु तर नेपाल भित्रिने विप्रेषणमा केवल ४ दशमलव ८ प्रतिश मात्र वृद्दि हुनुले यसमा आशंका गर्ने ठाउँ रहेको जिफन्टले बताएको हो ।

अन्तराष्ट्रिय प्रवासी श्रमिक दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले परमादेशी सरकार बनेपछि पैसा कहाँ हरायो भन्दै यसका बारेमा सरकारले जवाफ दिनुपर्ने बताए । उनले गठवन्धन सरकार बनेपछिको पहिलो वर्षमा नै वैदेशिक रोजगारीमा जाने श्रमिक संख्यामा विस्तार भएपनि विप्रेषण आप्रवाह सो अनुपातमा नबढ्नुले सरकार नै अनौपचारिक अर्थतन्त्रका पक्षमा रहेको देखिएको धारणा राखे ।

कार्यक्रममा बोल्दै उनले सामाजिक सुरक्षामा वैदेशिक रोजगारमा जाने श्रमिकलाई आवद्द गराउन आफ्नो महासंघले निरन्तर आवाज उठाउँदै आएको र अव केहि समयभित्र त्यो लागु हुने अपेक्षा प्रकट गरे । “वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सामाजिक सुरक्षा प्रणालीमा जोडिन सक्ने अवस्थालाई सहज बनाउनु पर्दछ”, श्रेष्ठले भने, “जारी भएको कार्यविधिमा भएको कमजोरी हटाउँदै क्रमश: कार्यान्वयन गर्नु पर्दछ ।”

जिफन्टले कोभिड १९ को महामारी पछिको पहिलो वर्षमा ३ सय ७७ प्रतिशतले वैदेशिक रोजगारमा जाने श्रमिकको संख्यामा वृद्दि हुनुले नेपालमा युवा श्रमशक्ति पलायनको अवस्था डरलाग्दो चित्र प्रस्तुत गरेको जनाएको छ । यो मुलुकका लागि अनिष्टको सूचक भएको समेत जिफन्टको भनाई छ ।

कार्यक्रममा बोल्दै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष हरि थापाले सामाजिक सुरक्षालाई गन्तव्य मुलुकमा रहेका रोजगारदाताहरुसँग पनि जोड्न जरुरी रहेको धारणा राखे । उनले नेपालबाट जाने श्रमिकले काम गरेवापत गन्तव्य मुलुकका रोजगारदाताले सामाजिक सुरक्षा कोषमा योगदान गर्ने वातावरण निर्माणमा जोड दिए । उनले वैदेशिक रोजगारलाई मर्यादित बनाउन जिफन्टले गर्दै आएको कामको प्रशंसा पनि गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: