ट्रेड युनियन कांग्रेसको महाधिवेशन नजिकियो, आवद्द संघहरुको अधिवेशन सुरु

नेपाल ट्रेड युनियन कांग्रेसको महाधिवेशन नजिकिएसंगै आवद्ध संघहरुको अधिवेशन शुरु भएका छन् । नेपाल ट्रेड युनियन कांग्रेससंग आवद्ध २७ वटा संघहरुमध्ये महत्त्वपूर्ण संघ नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) को केन्द्रीय अधिवेशन आगामी पुष २ र ३ गते वुटवलमा हुँदै छ । अन्य संघहरुको पनि धमाधम जिल्ला अधिवेशनहरु भईरहेका छन् ।

काउनको ६३ भन्दा बढी जिल्लामा संगठन छ भनें ३० हजार भन्दा बढी सदस्य छन् । वुटवलमा हुने केन्द्रीय अधिवेशनमा करिव ३०० प्रतिधिनिहरुले भाग लिने काउनका महासचिव प्रदिप आचार्यले जानकारी दिए ।

आवद्ध संस्थाहरुको अधिवेशन शुरु भएसंगै छाता संगठन ट्रेड युनियन कांग्रेसमा पनि महाधिवेशनको सरगर्मी बढेको छ । ट्रेड युनियन कांग्रेसले फागुनमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

ट्रेड युनियन कांग्रेस, कांग्रेसको भातृ एवं शुभेच्छुक संस्थाहरुमध्ये विधान अनुसार नियमित महाधिवेशन, वार्षिक सम्मेलन, बैठक र विभिन्न क्रियाकलाप समयमा गर्ने एकमात्र संगठन हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: