पिडितको १५ लाख फिर्ता गराइदियो वैदेशिक रोजगार विभागले

वैदेशिक रोजगारको लागि जापान पठाइदिने नाममा काठमाडौंको एक संस्थाले लिएको १५ लाख रुपैंया पिडितलाई फिर्ता गराइदिएको छ । डिल्लीबजार स्थित सूर्य कर्पोरेशन प्राली नामको संस्थाले ठगि गरेको सो रकम पिडितले फिर्ता पाएका हुन् ।

विभागका निर्देशक कृष्ण प्रसाद भुसालका अनुसार सो कम्पनीले तीन वर्ष अगाडी नै रकम र पासपोर्ट लिए पनि हालसम्म नपठाएको भन्दै पिडितले विभागमा उजुरी दिएका थिए । अनुगमनका क्रममा सो संस्थाबाट महत्वपूर्ण कागजात बरामद भएको र गत मंसिर २५ गते सो संस्थाका पदाधिकारीहरुलाई विभागमा उपस्थित गराई पिडितले बुझाएको रकम फिर्ता गराइएको विभागले जनाएको छ ।

विभागबाट इजाजत नलिएको कुनै पनि संस्थाले वैदेशिक रोजगारी सम्बन्धी काम नगर्न र त्यस्ता संस्थाहरुसँग वैदेशिक रोजगारी सम्बन्धी कुनै पनि कृयाकलाप नगर्न पनि विभागले सवैलाई सूचित गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: