मलेसियामा विदेशी श्रमिकको चर्को अभाव, तत्काल झण्डै चार लाख श्रमिक आवश्यक

मलेसियाको रोजगारदाताहरुको संगठनले विदेशी श्रमिकको चर्को अभाव भएका कारण उद्योग व्यवसायमा संकट आएको भन्दै तत्काल ३ लाख ७३ हजार विदेशी श्रमिक भित्रियाउने आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

मलेसियन ईम्प्लोयर्स फेडेरेसन (एमईएफ) ले हाल ३० हजार व्यक्तिले मलेसियाको रोजगारीका लागि दिएको भिसा आवेदन प्रकृयामा रहेको र गृहमन्त्रीले एकसाता भित्रै तिनका लागि भिसा जारी हुने आश्वासन दिएको बताएको छ । एमईएफले रोजगारदाताहरुले खेपिरहेको विदेशी श्रमिकको अभावलाई सरकारले बुझेको छ भन्ने आफूलाई विश्वास भएको पनि बताएको छ ।

कोभिड-१९ को समयमा मलेसियाले विदेशी श्रमिक भर्नामा लामो समय रोक लगाएको थियो । सोही कारण हाल मलेसियामा विदेशी श्रमिकको चर्को अभाव भएको बताइएको छ । कोभिड पश्चात ठूलो संख्यामा विदेशी श्रमिक स्वदेश फर्किएको, अवैधानिक रुपमा बस्दै आएकाहरु पनि मलेसिया सरकारले उपलव्ध गराएको सहज रुपमा स्वदेश फिर्ति कार्यक्रम अन्तर्गत फर्किएको र नयाँ श्रमिक आउन लामो समय लागेका कारण श्रमिकको अभाव भएको हो ।

मलेसियाको अध्यागमन कार्यालयको तथ्याङ्क गत नोभेम्वरसम्म मलेसियामा १३ लाख ९१ ह्जार ६ सय २४ विदेशी श्रमिक वैधानिक रुपमा मलेसियामा कार्यरत छन् । त्यसमध्ये सवैभन्दा धेरै उत्पादनमुलक क्षेत्रमा ५ लाख, निर्माण क्षेत्रमा ३ लाख र सेवा क्षेत्रमा दुई लाख कार्यरत रहेको मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: