कतार विरुद्द ज्यादै अभियान चलाइयो : ग्राएट

फ्रान्सेली फुटवल संघका अध्यक्ष नोएल ली ग्राएटले पश्चिमी सञ्चार माध्यमहरुले कतारमा आयोजना भइरहेको फिफा विश्वकप २०२२ का विरुद्दमा चलाएको अभियान ज्यादा भएको बताएका छन् । फ्रान्समा यस्तै गर्न प्रचलन रहेको समेत उनले बताए ।

कतारको अनलाइन द पेनन्सुला कतारका अनुसार उनले फ्रान्सेली रेडियो आरटीएलसँगको अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् । अन्तर्वार्ताका क्रममा उनले भनेका छन्, मलाई विश्वास छ, कतारमा आयोजना भइरहेको विश्वकप फुटवल प्रतियोगिताको विषयमा बढी अभियान चलाइएको थियो । फ्रान्समा यस्तो गर्ने चलन नै रहेको समेत उनले टिप्पणी गरेको समाचारमा उल्लेख छ ।

उनले यसमा राजनीति भएको र आफूले केवल फुटवल मात्र हेर्ने बताए । राजनीतिको विषय नेताहरुको भएको उनको भनाई थियो । उनले फ्रान्सले कतारसँग असन्तुष्टि जनाउनु पर्ने कुनै कारण नरहेको र दुई देशबीच राम्रो सम्वन्ध रहेको समेत स्मरण गरेका छन् । विश्वकप फुटवल, कतार २०२२ का विरुद्दमा ज्यादै धेरै अभियान सञ्चालन गरिएको तर विश्वकपको दौरानका लागि प्रशंसकहरुका लागि बनाइएको क्षेत्र सयौं व्यक्तिले भरिएको र उनीहरु रमाइरहेको ग्राएटको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय