निजि क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि दुई दिन सार्वजनिक विदा दिन निर्देशन

सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिन निजि क्षेत्रलाई सूचित गरेको छ । नेपाल सरकारले निर्वाचन हुने दिन मंसिर ४ गते र त्यसको भोलीपल्ट सार्वजनिक विदा दिने यस अगाडी नै निर्णय गरिसकेको छ । सोही निर्णय अनुरुप ति दुई दिन निजि क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई पनि विदा दिने व्यवस्था गर्न गृह मन्त्रालयले सूचित गरेको हो ।

गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरु लगायतलाई दुई दिन सार्वजनिक विदा दिन सूचित गरेको हो । यस अगाडी नेपालका ट्रेड यूनियनहरुको साझा संस्था संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै सार्वजनिक विदाको दिन निजि क्षेत्रमा काम गर्ने श्रमिकहरुले पनि विदा पाउने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: