निजि क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि चुनावमा सार्वजनिक विदा दिन आग्रह

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले आगामी निर्वाचनमा नीजि क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई पनि सार्वजनिक बिदा दिन अनुरोध गरेको छ । जेटीयूसीसीले सो अनुरोध सहित गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

जेटीयूसीसी अध्यक्ष प्रेमल खनालले श्रम ऐन, २०७४ लागु हुने नीजि तथा उद्योग कलकारखाना लगायतका क्षेत्रमा सार्वजनिक विदा दिन अनुरोध गरिएको बताएका छन् । श्रम ऐन, २०७४ मा भएको ब्यवस्था बमोजिम सार्वजनिक बिदा लागु नहुने भएकोले आगामी मंसिर ४ गते हुने निर्वाचनको महत्वपूर्ण अवसरमा सबै क्षेत्रमा लागुहुने गरी सार्वजनिक बिदाको ब्यवस्था गरिदिन गृह मन्त्रालयलाई जेटीयूसीसीले अनुरोध गरेको छ ।

जेटीयूसीसी नेपालका मान्यता प्राप्त सम्पूर्ण टे«ड युनियन महासंघहरुको साझा संस्था हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय