विदेशमा रहेका नेपालीलाई अनलाइन मार्फत नै श्रम स्वीकृति नविकरण गर्न मन्त्रालयको अपिल

विदेशमा रोजगारीको क्रममा रहेका र आफ्नो श्रम स्वीकृतिको अवधि समाप्त हुन लागेका श्रमिकलाई आफू कार्यरत मुलुकबाट नै श्रम स्वीकृति नविकरण गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले श्रम स्वीकृतिको अवधि सकिन लागेकाहरुले वैदेशिक रोजगार विभागको वेभसाइट www.feims.gov.np मा लग ईन गरी श्रम स्वीकृति नविकरण गर्न सक्ने जनाएको हो ।

मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले एक विज्ञप्ती जारी गर्दै विदेश्बाट नै श्रम स्वीकृति नविकरण गर्न वैदेशिक रोजगार कल्याणकारी कोष र वीमा वापतको रकम सम्वन्धित देशबाट नै बैंक खाता मार्फत भुक्तानी गर्न सक्ने जनाएका छन् । श्रम स्वीकृतिको अवधि समाप्त भएको अवस्थामा कुनै भवितव्यमा परी मृत्यु भएमा वा अंगभंग भएमा सरकारले उपलव्ध गराउने तथा वीमा वापतको रकम दिइन्न । कतिपय व्यक्तिको वैदेशिक रोजगारका क्रममा नै रहँदा श्रम स्वीकृतिको अवधि समाप्त हुने र नविकरण नहुँदा रकम पाउनबाट वञ्चित हुने गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय