मागपत्र विनै अन्तर्वार्ता

एक मेनपावर कम्पनीले वैदेशिक रोजगारका लागि टर्कीमा हेभि ड्राइभरमा पठाउने भन्दै अन्तर्वार्ता तथा ट्रायल लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागले फेला पारी सो सम्वन्धि कागजातहरु बरामद गरेको छ । माष्टर जव प्राली नामको कमपनीले टर्कीमा हेभि सवारी चालकका रुपमा पठाउने भन्दै ३० जनाभन्दा बढीलाई अन्तर्वार्ता लिइरहेको अवस्थामा फेला परेको हो ।

विभागका निर्देशक कृष्ण प्रसाद भुसालका अनुसार सो कम्पनीले कामदारको मागपत्र प्रमाणीकरण नगरी अन्तर्वार्ता लिने र छनौट गरिरहेको सुचनाका आधारमा विभागको टोलीले आकस्मिक निरिक्षण गरेको थियो । वैदेशिक रोजगार ऐन २०६४ अनुसार विना मागपत्र प्रमाणीकरण गरी श्रमिकको छनौट गर्न पाइन्न ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय