मलेसियाको एफजिभीले नेपाली लगायत १६ हजार श्रमिक लिने

मलेसियाको एफजिभी कम्पनीले नेपाल, भारत र ईण्डोनेशियाबाट गरी १६ हजार श्रमिक लिने भएको छ । सन् २०२३ को अन्तिमसम्ममा लिने गरी सो योजना राखिएको मलेसियाको सरकारी सञ्चार माध्यम बर्नमाले जनाएको छ ।

मलेसियाको कृषि, उत्पादन लगायतका क्षेत्रमा विदेशी श्रमिकको अभाव छ । यसले मलेसियाको उत्पादकत्वमा प्रभाव पारेको जनाइएको छ । विदेशी श्रमिकको अभाव चर्किएपछि यसलाई सहज बनाउन मलेसियाको मानव संशाधन मन्त्रालय लगायतले आवश्यक व्यवस्था मिलाउँदै आएका छन् । कोभिड १९ का कारण विदेशी श्रमिक लिन लामो समय रोकिएको प्रभाव मलेसियाको श्रम बजारमा अहिले देखिएको हो ।
एफजिभीले विदेशी श्रमिक लिंदा लागत खर्च श्रमिकले व्यहोर्नु नपर्नेगरी भर्ना प्रकृया सञ्चालन गर्ने गरेको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: