सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुको दक्षिण एशिया क्षेत्रिय कार्यक्रम काठमाडौंमा सम्पन्न

दक्षिण एशिया लगायत दक्षिण अफ्रिकाका कार्यरत सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुको क्षेत्रिय कार्यक्रम काठमाडौमा सम्पन्न भएको छ । करिब ४० जना सहभागी रहेको सो कार्यक्रम गत असोज २७ देखि २९ गतेसम्म चलेको थियो ।

विभिन्न देशमा कार्यरत सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुको संगठनहरुसँग अन्तर्राष्ट्रिय ऐक्यवद्धता निर्माण गर्ने, पिएसआईको क्षेत्रिय अभियान “कम्यूनिटि हेल्थ वर्क इज वर्क”लाई आगामी दिन अझ बढी प्रभावकारी बनाउन रणनीति बनाउनु सो क्षेत्रिय कार्यक्रमको उद्देश्य थियो ।
सो कार्यक्रममा आईरिस ट्रेड यूनियन फोर्साका अध्यक्ष माईकल स्मिथ, साक्स फिनलाण्डका प्रतिनिधिहरु सारी कोभिनियमी, इभेलिना पेटाला तथा जेटियूसीसीका प्रतिनिधिले आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा पिएसआईका सोसल केयर अर्गनाईजर हुमा हकले पिएसआईको केयर नितिको बारेमा प्रकाश पारेकी थिईन् ।

यसैगरी पिएसआई साउथ अफ्रिका परियोजना संयोजक नादिरा मुन्सीले दक्षिण तथा पूर्वी अफ्रिकामा पिएसआईले सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुको संगठन निर्माण कसरी गरेका छन् भन्ने बारेमा प्रस्तुती राखेका थिए ।

कार्यक्रमले आगामी दिनमा सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुलाई श्रमिकको पहिचान दिन अझ बढी संगठित गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसैगरी विभिन्न देशमा रहेका सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुबीच आफुले गरेका कामहरु एक आपसमा आदानप्रदान गर्ने र साझा मुद्दामा एक आपसमा सहकार्य र ऐक्यवद्धताका साथ अगाडी बढ्ने निष्कर्श निकालेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय