‘कतारमा काम गरेका विदेशी श्रमिकले अझै क्षतिपूर्ति पाएनन्’

विदेशी श्रमिकले पाउनु पर्ने क्षतिपूर्ति अझै प्राप्त नगरेको र सो क्षतिपूर्ति प्राप्त हुने विषयमा विश्व फुटवल प्रतियोगिताको सर्वोच्च संस्था फिफाले आधिकारीक रुपमा प्रतिवद्दता नजनाएकोमा ह्यूमन राइट्स वाच, एम्नेष्टि ईन्टरनेशनल र फेयर स्क्वायरले चासो व्यक्त गरेका छन् । विश्वका सातवटा मुलुकका फुवल संघहरु, विश्वकप फुटवल प्रतियोगिताका चारवटा प्रायेजकहरु, राजनीतिक नेता लगायतको दवावका बीच पनि फिफाले यसमा आधिकारिक रुपमा प्रतिवद्दता नजनाएको ति संस्थाहरुको भनाई छ ।

तीनवटा संस्थाहरुले पाँच महिना अगाडी आप्रवासी श्रमिक र तिनका परिवारले पाउन बाँकी क्षतिपूर्तिका लागि पेअपफिफा अभियान सुरु गरेका थिए । सो अभियान अन्तर्गत मृत्यु भएका व्यक्तिका परिवार, घाइते, तलव नपाएकाहरु लगायतलाई आर्थिक क्षतिपूर्ति सहितको न्याय माग गरिएको छ ।

ह्युमन राइट्स वाचले भनेको छ, फिफा मानव अधिकार प्रतिको आफ्नो दायित्वमा असफल भएको छ । हालसम्म फिफा तथा कतारले अन्यायमा परेकाहरुलाई क्षतिपूर्ति दिने विषयमा प्रतिवद्दता जनाएका छैनन् ।

यसअगाडी कतारमा विश्वकप फुटवल प्रतियोगिताका लागि रंगशाला निर्माणका क्रममा घाइते भएकाहरु वा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति प्रदान गर्न बेलायती फुटवल संघ (एफए) आग्रह गरेको छ । कतारले रंगशाला निर्माणका क्रममा विदेशी श्रमिकको शोषण गरेको भन्दै अन्तराष्ट्रिय मानव अधिकारवादी संस्थाले आलोचना गर्दै आएका छन् ।

एम्नेष्टि ईन्टरनेशनल, ह्यूमन राइट्स वाच तथा फेयर स्क्वायरले संयुक्त रुपमा फिफका साझेदार तथा विश्वकप फुटवल प्रतियोगिताका प्रायोजकहरुलाई रंगशाला निर्माणमा खटिएर घाइते भएका वा मृत्यु भएका विदेशी श्रमिकका परिवारलाई क्षतिपूर्ति प्रदान गर्न आव्हान गरेका थिए । गत मे महिनामा ति संस्थाहरुले फिफालाई सम्वोधन गर्दै करोडौं रकम विदेशी श्रमिक र तिनका परिवारलाई भुक्तानी गर्नुपर्ने बताएका थिए ।

रोयटर्सका अनुसार एफएका प्रमुम कार्यकारी मार्क बुलिंघमले रंगशाला निर्माणमा खटिएर ज्यान गुमाउने वा घाइते भएका आप्रवासी श्रमिक र तिनका परिवारलाई क्षतिपूर्ति प्रदान गरिनु पर्छ भनेर आफ्नो संस्थाले आवाज उठाउने बताएका छन् । यसैगरी फिफासँग पनि यसका बारेमा जानकारी मागिएको उनको भनाई छ ।

कतार सरकारले भनें आफ्नो श्रम कानुन तथा श्रम प्रशासनमा निरन्तर सुधार गरिएको र आप्रवासी श्रमिकको अधिकारका लागि काम गरिएको बताए पनि एम्नेष्टि ईन्टरनेशनलको सन् २०२१ को रिपोर्टलाई भनें अश्विकार गरेको छ । सो रिपोर्टले हजारौं आप्रवासी श्रमिकमाथि कतारले शोषण गरेको उल्लेख छ । एफएका प्रमृख कार्यकारीले पछिल्ला केहि बर्षमा कतारले श्रम क्षेत्रमा सुधारका लागि महत्वपूर्ण कानुन व्यवस्था गरेपनि तिनिहरुको कार्यान्वयनका विषयमा फिफासँग जानकारी मागिएको बताएका छन् ।

विश्वकप फुटवल प्रतियोगिता आगामी नोभेम्वर २० मा कतारमा सुरु हुँदैछ । सो प्रतियाृगिता डिसेम्वर १८ सम्म चल्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय