मस्तिष्क घातका विरामीलाई पठायो साउदीस्थित नेपाली दूतावासले

वैदेशिक रोजगारका क्रममा साउदी अरवमा मस्तिष्क घात भएका महोत्तरीका जितेन्द्र कुमार झालाई साउदीस्थित नेपाली दूतावासले नेपाल फर्काएको छ । सन् २०१६ मा साउदी अरवमा रोजगारीका लागि पुगेका झा को अल सुलैमी जनरल अस्पतालमा उपचार भइरहेको थियो । उनलाई नेपाल एयरलाइन्सको उडानबाट अक्टोवर १४ का दिन नेपाल फर्काएको हो ।

आफ्नै कोठामा बसिरहेका बेला झा मस्तिष्क घात भएर ढलेका थिए । लामो समयसम्मको उपचारपछि उनको स्वास्थ्यमा केही सुधार आएको भए पनि मस्तिष्क घातका कारण उनको शरिरको बायाँ भाग नचल्ने भएको दूतावासले जनाएको छ । उनको उपचारमा संलग्न डाक्टरले परिवारको साथमा राखेर उपचार गर्दा उनको स्वास्थ्यमा थप सुधार हुनसक्ने भन्दै उनलाई छिटो नेपाल लैजान अनुरोध गर्दै आएको दूतावासको भनाई छ । अस्पतालले पनि उनलाई जतिसक्दो चांँडो नेपाल पठाउन राजदूतावासमा पछिल्लो समय निरन्तर ताकेता गरिरहेको थियो । उनलाई स्ट्रेचरमा राखेर मात्रै नेपाल पठाउन सकिने अवस्था रहेकाले उनलाई नेपाल एयरलाइन्सको विमानमा पठाउने व्यवस्था मिलाइएको जनाइएको छ ।

उनलाई एकजना नर्सको साथमा स्ट्रेचरबाट नेपाल फर्काउन लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोरेको छ । हाल उनलाई परिवारले जिम्मा लिएर वीर अस्पतालमा भर्ना गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय