कतारमा भएको परिवर्तनको आईटीयूसीद्दारा स्वागत

अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) ले कतारले विश्वकप फुटवल प्रतियोगिता आयोजना पूर्व महत्वपूर्ण प्रगति गरेको बताएको छ । आइटीयूसीकी महासचिव शरन बरोले कतारले गरेको सुधारको सराहना गरेकी हुन् ।

समाचार एजेन्सी एएफपीका अनुसार आगामी नोभेम्वर २० मा विश्वकप फुटवल प्रतियोगिता सुरु हुनु पूर्व विभिन्न मानव अधिकारवादी संस्थाहरुको आलोचना यद्यपी जारी नै रहेको समयमा आइटीयूसीको सकारात्मक टिप्पणी सार्वजनिक भएको जनाएको छ । आइटीयूसीले २० करोड श्रमिकको प्रतिनिधित्व आफूले गर्ने दावी गर्दछ ।

सन् २०१५ मा हामीले श्रमिकको अधिकार विना विश्वकप फुटवल प्रतियोगिता आयोजना हुनु हुन्न भनेका थियौं, एएफपिसँग बरोले भनेकी छन्, अहिले कतारले गरेको प्रगति सराहनिय छ । परिवर्तनको सराहना गर्दै उनले चनाखो भएर हेरिरहन भने सुझाव दिएकी छन् ।

मानवअधिकारवादीहरुले निरन्तर निगरानी गरिरहने भन्दै उनले कुनै अन्यायपूर्ण घटना भएमा तत्काल उजुरी गर्न पनि अपिल गरेकी छन् ।
सन् २०१२ को आसपास कतारमा श्रमिकले सुरक्षाका उपकरणहरु विना नै काम गर्नुपर्ने बाध्यता रहेको जसका कारण धेरै श्रमिकको ज्यान गइरहेकोमा अहिले त्यसमा सुधार आएको उनले बताइन् ।

सन् २०१६ मा आइटीयूसीले कतारमा श्रमिकको मानव अधिकार हनन् भइरहेको भन्दै आइएलओ लगायतका मञ्चहरुमा लगातार प्रश्न उठाएपछि कतार सरकारले कानुन र व्यवहारमा महत्वपूर्ण सुधार गरेको जनाइएको छ । सुरुमा शत्रुतापूर्ण सम्वन्ध रहेका आइटीयूसी र कतार सरकारबीच अहिले मित्रतापूर्ण सम्वन्ध रहेको एएफपीले जनाएको छ ।

आइटीयूसीकी महासचिव बरोले कतारले १० बर्षभित्रमा गरेको सुधारको प्रशंसा गर्दै अन्य खाडीका मुलुकहरुले पनि कतारबाट सिक्नु पर्ने बताएको समाचारमा जनाइएको छ । बेलायी फुटवल टीम, बेलायती फुटवल संघ, फ्रान्सका केहि शहरहरु लगायतले भनें कतारमा श्रमिकको अधिकारको अझै सम्मान नभएको, अन्य लिङ्गीय पहिचानका व्यक्तिको अधिकारमा प्रतिवद्द नभएको लगायताका प्रश्नहरु उठाउँदै विश्वकप फुटवल प्रतियोगिताका दौरान विरोध जनाउने बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय