कतारले श्रमिकको न्यूनतम ज्याला विभेदरहित बनाएपछि त्यसले श्रमिक तथा उनीहरुको परिवारको जीवनस्तरमा सुधार आएको कतारको मानव अधिकार आयोगका उपाध्यक्ष डा. मोहम्मद विन सईफा अल कुवारीले बताएका छन् । कतारले सन् २०२१ मर्च २० देखि न्यूनतम ज्याला कार्यान्वयन गरेको छ ।
श्रमिकको ज्यालामा विभेद हटाउने भन्दै कतारले न्यूनतम एक हजार रियाल मासिक ज्याला तोकेको छ । सो ज्याला सवै मुलुक र सवै क्षेत्रका श्रमिकलाई लागु हुन्छ । यसमा घरेलु श्रमिक पनि पर्दछन् । यसैगरी आवास नदिइएको भएमा थप ५ सय रियाल र खाना खर्च वापत मासिक ३ सय रियाल उपलव्ध गराउनु पर्ने कानुनी व्यवस्था छ ।
कतारी रेडियोसँगको अन्तर्वार्ताका क्रममा डा. अल कुवारीले श्रमिकहरुसँगको छलफलका क्रममा न्यूनतम ज्यालाको कार्यान्वयनका सन्दर्भमा धेरै सकारात्मक नतिजा पाएको बताएका छन् । उनले श्रमिकले न्यूनतम ज्यालामा भएको वृद्दिले आफू तथा आफ्नो परिवारको जीवनस्तरमा सुधार आएको बताएका थिए ।
आफूले श्रमिक बसोवार गर्ने क्याम्पहरुको भ्रमण गर्दा पनि श्रमिकहरुको धेरै सकारात्मक जवाफ पाएको अल कवारीले बताए । बृद्दि भएको कमाईले कतारमा तथा आफ्नो मुलुकमा आर्थिक सामाजिक अवस्थामा सुधार भएको श्रमिकहरुले बताएको उनको भनाई थियो ।
कतारले श्रमिकको गुनासो सुनुवाईका लागि एउटा छुट्टै संरचना बनाएको छ । सो संरचनाले पनि महत्वपूर्ण रुपमा काम गरिरहेको अल कवारीको भनाई थियो । यसैगरी श्रमिकको तलव भुक्तानीलाई व्यवस्थीत गर्न र तलव सुरक्षित गर्न लागु गरिएको वेज प्रोटेक्सन सिष्टम (डव्लुपिएच) का कारण श्रमिकले कुनै ढिलाई विना तलव पाइरहेको र सम्वन्धित निकायले यसको अनुगमन गरिरहेको आफूले पाएको उनले तर्क गरे ।