विदेशी श्रमिकको अभाव खेप्दै मलेसिया

मलेसियामा विदेशी श्रमिकको चर्को अभाव भएको छ । कोभिड १९ का कारण लामो समयसम्म विदेशी श्रमिक लिन रोकेको मलेसियामा अहिले त्यसको प्रभाव देखिएको छ । विदेशी श्रमिकको अभाव वर्तमान सरकारको नीतिका कारण भएको भन्दै विपक्षी दलहरुले आवाज उठाइरहेका छन् । वर्तमान मानव संशाधन मन्त्री एम शरभनानले भनें यस अगाडीका मन्त्री एम कुलासेगरन तथा तत्कालिन सरकारको नीतिका कारण विदेशी श्रमिकको अभाव भएको भन्दै आफ्नो बचाउ गरेका छन् ।

मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले वैधानिक रुपमा विदेशी श्रमिक ल्याउने प्रकृयालाई सहज बनाउन अध्यागमन विभागलाई आग्रह गरेका छन् । उनले मलेसिया आएका श्रमिकलाई स्वदेश फर्काउनु उपयुक्त विकल्प नभएको पनि बताएको द स्टारले समाचार लेखेको छ । मलेसिया आइपुगेका श्रमिकलाई रोजगारदाताले लिन नआएमा उनीहरुलाई स्वदेश फर्काउनु उचित नभएको उनले बताए ।

मन्त्री शरभनानले मलेसियामा धेरै रोजगारदाताले विदेशी श्रमिक ल्याउन चाहेको भन्दै सो प्रकृयालाई सहज बनाइदिन अध्यागमन विभागलाई अनुरोध पनि गरेका छन् । यो विषय मलेसियाका दुई मन्त्रालयबीचको समस्या भएको भन्दै यसलाई सुल्झाउन छलफल गरिने बताएको समाचामार जनाइएको छ ।

मलेसियाको अध्यागमन विभागले भनें वास्तविक रोजगारदाताले मात्र विदेशी श्रमिक ल्याउन पाउने भन्दै विदेशी श्रमिक ल्याउने अनुमति माग गर्ने रोजगारदाताहरुले आफू वास्तविक रोजगारदाता नै भएको प्रमाणित गर्नसक्नु पर्ने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय