युएईले सुरु गर्यो रोजगारी खोज्न जानेहरुका लागि नयाँ भिसा (यस्तो छ प्रकृया)

संयुक्त अरव ईमिरेट्स (युएई) ले रोजगारीको खोजिमा आउन चाहनेहरुका लागि नयाँ भिसा सुरु गरेको छ । सोमवार देखि यस्तो भिसाका लागि आवेदन लिन थालिएको युएईको सरकारी निकायलाई उधृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।
रोजगारी खोज्न आउनेहरुका लागि दुई महिना, तीन महिना वा चार महिनाको भिसा उपलव्ध हुनेछ । यसका लागि कुनै व्यक्ति वा कम्पनीले स्पोन्सर गर्नुपर्ने छैन ।

सो भिसाका लागि कसरी आवेदन दिन सकिन्छ ?
रोजगारीका लागि युएई जान चाहने व्यक्तिले भिसा सम्वन्धि प्रकृया गर्ने युएईको सरकारी निकाय आइसीपीको वेभसाइट www.icp.gov.ae मा जाने । त्यहाँ ‘eChannels Residency & Citizenship’ मा मा क्लीक गर्ने ।

त्यहाँ तीनवटा विकल्प दिइएको हुन्छ । सिंगल ईन्ट्री (एकपटक मात्र प्रयोग गर्न मिल्ने) भिसा ६० दिनको हुनेछ । दोश्रो सिंगल ईन्ट्री ९० दिनको । तेश्रो सिंगल ईन्ट्री १ सय २० दिनको । आफू कति दिन सो मुलुकमा बस्ने हो, सो छनौट गर्ने । त्यसपछि अर्को एउटा पेज खुल्नेछ जहाँ आवश्यक विवरणहरु भर्नु पर्नेछ । त्यहाँ नाम लगायतका विवरणहरु अरवी भाषामा भर्नु पर्दछ । तर अंग्रेजीमा लेखिएमा सिष्टमले नै अरवी भाषाको बनाइदिन्छ । आफू अवुधावी, शारजहाँ, अजमान, रस अल खैमह, फुजेरा वा उम्म अल क्वीन कुन राज्यका लागि आवेदन दिने हो सो छनौट गर्नुपर्दछ ।

पासपोर्टमा लेखिएको आफ्नो व्यक्तिगत विवरण लगायतका विवरणहरु भर्ने ठाउँ हुन्छ त्यहाँ सो विवरण लेख्नु पर्दछ । यसैगरी आफ्नो ठेगाना (युएई बाहिरको) लेखेर नेक्स्टमा क्लीक गरेपछि पासपोर्टको कपी, आवेदकको फोटो, आवश्यक सर्टिफिकेट लगायतका कागजात अपलोड गर्नुपर्दछ ।

सम्पूर्ण कागजातहरु अपलोड गरेपछि भिसाको लागि रकम भुक्तानी गर्नुपर्दछ । ६० दिनका लागि १ हजार ४ सय ९५ दिरहम, ९० दिनको लागि १ हजार ६ सय ५५ दिरहम तथा १ सय २० दिनका लागि १ हजार ८ सय १५ दिरहम शुल्क लाग्नेछ ।

यससम्वन्धि जानकारी अंग्रेजी भाषामा पढ्न चाहनुहुन्छ भनें यहाँ क्लीक गर्नुहोस्

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय