
कतारमा विश्वकप फुटवल प्रतियोगिताका लागि रंगशाला निर्माणका क्रममा घाइते भएकाहरु वा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति प्रदान गर्न बेलायती फुटवल संघ (एफए) आग्रह गरेको छ । कतारले रंगशाला निर्माणका क्रममा विदेशी श्रमिकको शोषण गरेको भन्दै अन्तराष्ट्रिय मानव अधिकारवादी संस्थाले आलोचना गर्दै आएका छन् ।
एम्नेष्टि ईन्टरनेशनल, ह्यूमन राइट्स वाच तथा फेयर स्क्वायरले संयुक्त रुपमा फिफका साझेदार तथा विश्वकप फुटवल प्रतियोगिताका प्रायोजकहरुलाई रंगशाला निर्माणमा खटिएर घाइते भएका वा मृत्यु भएका विदेशी श्रमिकका परिवारलाई क्षतिपूर्ति प्रदान गर्न आव्हान गरेका थिए । गत मे महिनामा ति संस्थाहरुले फिफालाई सम्वोधन गर्दै करोडौं रकम विदेशी श्रमिक र तिनका परिवारलाई भुक्तानी गर्नुपर्ने बताएका थिए ।
रोयटर्सका अनुसार एफएका प्रमुम कार्यकारी मार्क बुलिंघमले रंगशाला निर्माणमा खटिएर ज्यान गुमाउने वा घाइते भएका आप्रवासी श्रमिक र तिनका परिवारलाई क्षतिपूर्ति प्रदान गरिनु पर्छ भनेर आफ्नो संस्थाले आवाज उठाउने बताएका छन् । यसैगरी फिफासँग पनि यसका बारेमा जानकारी मागिएको उनको भनाई छ ।
कतार सरकारले भनें आफ्नो श्रम कानुन तथा श्रम प्रशासनमा निरन्तर सुधार गरिएको र आप्रवासी श्रमिकको अधिकारका लागि काम गरिएको बताए पनि एम्नेष्टि ईन्टरनेशनलको सन् २०२१ को रिपोर्टलाई भनें अश्विकार गरेको छ । सो रिपोर्टले हजारौं आप्रवासी श्रमिकमाथि कतारले शोषण गरेको उल्लेख छ । एफएका प्रमृख कार्यकारीले पछिल्ला केहि बर्षमा कतारले श्रम क्षेत्रमा सुधारका लागि महत्वपूर्ण कानुन व्यवस्था गरेपनि तिनिहरुको कार्यान्वयनका विषयमा फिफासँग जानकारी मागिएको बताएका छन् ।
विश्वकप फुटवल प्रतियोगिता आगामी नोभेम्वर २० मा कतारमा सुरु हुँदैछ । सो प्रतियाृगिता डिसेम्वर १८ सम्म चल्नेछ ।