देश परदेश आठौ बर्षमा

वैदेशिक रोजगार आधा भन्दा धेरै नेपाली परिवारको जीविका चलाउने माध्यम हो । यति मात्र होइन राज्यको आर्थिक कृयाकलाफाई चलायमान बनाउने अझ आर्थिक संकटबाट जोगाउने माध्यम पनि हो । त्यसैले नेपाल र नेपालीका लागि यो विषयको महत्व अलग्गै छ । तर यसको महत्व जति छ, त्यति नै धेरै बेथिति छन् वैदेशिक रोजगारको क्षेत्रमा । वैदेशिक रोजगारको नाममा हुने ठगिको जालोको रुप फेरिएको छ, प्रवृत्ति फेरिएको छैन । पहिले खाडी र मलेसियामा रोजगारीका नाममा हुने ठगि अहिले युरोपको रोजगारीका नाममा अझ विस्तृत भएको छ । त्यसैले यस क्षेत्रमा निरन्तर खवरदारी जरुरी छ ।

आठ बर्ष अगाडी जतिबेला हामीले देश परदेशको यात्रा थाल्यौं, त्यतिबेला रोजगार केन्द्रीत विषय नेपाली सञ्चार माध्यमको खासै प्राथमिकताको विषय थिएन । एकाध सञ्चार माध्यमले वैदेशिक रोजगारको विषयलाई प्राथमिकता दिएर सम्वाददाताहरु राख्ने गरेको भएपनि रोजगार केन्द्रीत सामग्रीको अभाव नै थियो । त्यहि कुरालाई मनन गर्दै हामीले देश परदेशको यात्रा थाल्यौं ।

‘१० गते १० बजेस भन्ने नारा अन्तर्गत २०७१ असोज १० गते विहान १० बजे संसारका विभिन्न भागमा कार्यरत नेपाली पत्रकार, सामाजिक अभियानकर्मीहरुले सामाजिक सञ्जा मार्फत देश परदेशको औपचारिक शुभारम्भ गर्नुभएको थियो । सीप, समृद्धि र सुरक्षित वैदेशिक रोजगारमा केन्द्रीत अनलाइन सञ्चार माध्यम देशपरदेशको यात्रा निरन्तर जारी छ ।

हामी हिजो पनि स्पष्ट थियौ र आज पनि, श्रमिक पक्षिय पत्रकारिता हाम्रो मार्गदर्शन हो । त्यसैले यसबीचमा जे जति सामग्रीहरु देशपरदेशमा प्रकाशित भए ति श्रमिक पक्षिय थिए र रहनेछन् । श्रमिक माथि हुने गरेका शोषणका विषयमा कलम चलाउँदा यसबीचमा हामीले जे जति अप्ठ्यारो भोग्यौं त्यसलाई स्वीकार्दै हामी आफ्नै मान्यता अनुरुप अगाडी बढिरहने छौं ।

यो सात बर्षको यात्रामा तपाईले गर्नुभएको सहयोग प्रति हामी आभारी छौं । तपाईको साथ र सहयोग नै हाम्रा लागि प्रेरणा हो र हामी त्यहि प्रेरणाको बलमा निरन्तर अगाडी बढिरहेका छौं । तपाईको माया, सद्भाव र प्रेरणाका लागि हार्दिक धन्यवाद ।
देशपरदेश परिवार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय