हजारौ विदेशी श्रमिकलाई विश्वकप फुटवल सुरु हुन अगाडी नै स्वदेश फर्कन बाध्य बनाइदै

विश्वकप फुटवल प्रतियोगिता सुरु हुनु अगावै कतारबाट हजारौं श्रमिकलाई स्वदेश फर्किन बाध्य बनाउन सुरु गरिएको छ । गार्जियन पत्रिकाका अनुसार उनीहरु कामबाट निकालिएपछि बाध्य भएर स्वदेश फर्किदै छन् ।

कतिपय श्रमिकले रोजगार करार सकिनु अगावै आफूलाई कतार छोड्न बाध्य बनाइएको बताएका छन् । यसरी फर्काइएकाहरुले आफूले पाउनु पर्ने तलव र अन्य सुविधाबाट समेत वञ्चित हुनु परेको बताएको समाचारमा जनाइएको छ ।

कतारको सरकारी निकायले गत बर्ष नै विश्वकप फुटवल प्रतियोगिता सुरु हुनु अगावै ठूलो संख्यामा आप्रवासी श्रमिकलाई उनीहरुको देश फर्काउन आन्तरिक सर्कुलर जारी गरेको थियो जसका बारेमा गार्जियनले समाचार प्रकाशित गरेको थियो । समाचारमा भनिएको छ, सो सर्कुलरमा सेप्टेम्वरको मध्यसम्ममा निर्माणको काम सकिसक्न र विदेशी श्रमिकलाई फर्काउन निर्देशन दिइएको थियो । यसले कतारमा विदेशी श्रमिकको संख्यामा उल्लेख्य कटौती गर्न सकिने उद्देश्य थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय